सुदूरपश्चिम


दार्चुला जिप दुर्घटना: मृतकको संख्या ८ पुग्यो, ४ जना घाइते (नामावली)

दार्चुला जिप दुर्घटना: मृतकको संख्या ८ पुग्यो, ४ जना घाइते (नामावली)

दुर्घटनास्थल


गोकुल जोशी
कात्तिक ३०, २०८१ शुक्रबार ८:३०, कञ्चनपुर

दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। अन्य ४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिप दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ।

मृतकमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक,  शैल्यशिखर नगरपालिका-५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार जिप दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेमा शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन्।

टाउकोमा चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइते छन्। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटना भएको हो।

जिपमा १३ यात्रु थिए। मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad