सुदूरपश्चिम


मोटरसाइकलवालाले फालेको बोरामा साढे ३६ किलो चरेस

मोटरसाइकलवालाले फालेको बोरामा साढे ३६ किलो चरेस

कैलालीमा बरामद चरेस


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १४:४८, कञ्चनपुर

कैलालीमा ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका-५ लब्ली चोकबाट ३६ किलो ६६२ ग्राम चरेस बरामद गरिएको हो।

गएराति अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्दा  मोटरसाइकल चालक र पछाडि बसेका व्यक्तिले सेतो रङको बोरा फालेर भागेका थिए। 

प्रहरीका अनुसार उक्त बोरामा ३६ किलो ६६२ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। 

फरार मोटरसाइकल चालक र अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad