ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशमा यी हुन् माओवादीबाट मन्त्री बन्ने तीन जना

सुदूरपश्चिम प्रदेशमा यी हुन् माओवादीबाट मन्त्री बन्ने तीन जना

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:४, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार सरकार विस्तार गर्दैछन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितको सहभागीमा मुखयमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकार विस्तारका लागि समझदारी जुटेपछि मुख्यमन्त्री सोडारीले सरकार विस्तार गर्न लागेका हुन्।

जस अन्तर्गत माओवादी केन्द्रबाट अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी विक मन्त्री बन्ने भएक छन्। 

भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने अन्य दुई जनालाई विना विभागीय मन्त्री नियुक्त गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ। 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमाले सरकारमा सामेल नहुने अडानमा थियो।

शीर्ष तहमा समझदारीपछि एमाले सरकारमा सामेल हुन तयार भएको हो।

नेकपा एमाले प्रमुख सचेतक सुरेन्द्रबहादुर पालको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने भएको छ। 

यस्तै, एमाले सांसद वीरबहादुर थापा र हिरा सार्कीलाई सरकारमा पठाउने एमालेको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .