ad ad

सुदूरपश्चिम


कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

नेपालखबर
चैत ३, २०८० शनिबार १७:३६, कञ्चनपुर

कैलालीमा शनिबार ट्रकमा आगलागी भएको छ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका– ४ मुडामा लाइटर बोकेको ट्रकमा आगलागी भएको हा। 

वीरगञ्ज धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त ट्रकमा लाइटर, खुर्सानी र बच्चाको डाइपर रहेको प्रहरीले जनाएको छ। 

घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

क्षतिको विवरण संकलन भइरहेको छ। कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै कैलालीमा सोही प्रकृतिको घटना भएको हो।

यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .