ad ad

सुदूरपश्चिम


यात्रु भरी उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि हुम्लामै रोकियो

यात्रु भरी उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि हुम्लामै रोकियो

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १२:३९, सुर्खेत

इन्जिनमा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान हुम्ला सिमकोट विमानस्थलमा रोकिएको छ। सोमबार बिहान सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनवटर विमान सिमकोट विमानस्थलमा रोकिएको हो।

नेपालगन्जका लागि १४ जना यात्रु भरेर एउटा इन्जिन सञ्चालन गरी अर्को इन्जिन सञ्चालन गर्न खोज्दा उक्त इन्जिनमा समस्या उत्पन्न भएको हो। 

उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले जानकारी दिए।

हमालले भने, ‘नाइन एन एबीयू कलसाइनको ट्वीनवटर जहाज नेपालगन्जबाट सिमकोटका लागि सोमबार बिहान १४ जना यात्रु बोकेर सिमकोट विमानस्थलमा अवतरण गरेको थियो।’ 

सबै यात्रु विमानभित्र पसेको र पाइलटहरूले विमान उडाउन खोज्दा इन्जिन सञ्चालनमा नआएर समस्या देखिएको प्रमुख हमालको भनाइ छ। 

प्राविधिक टोली आएर विमान चेकजाँच गरेपछि उडान भर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .