ad ad

सुदूरपश्चिम


धनगढीमा मतदान केन्द्र नजिकै बम विस्फोट

धनगढीमा मतदान केन्द्र नजिकै बम विस्फोट

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:५९, काठमाडौँ

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको एक मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। धनगढी उपमहानगरपालिका–२ मा रहेको शारदा मावि मतदान केन्द्र नजिक बम विष्फोट भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बम विस्फोट भएको पुष्टि गरेको छ। उनले विस्फोटनबाट कुनै क्षति नभएको पनि बताए।

उनले शनिबार बेलुकीबाट अहिलेसम्म कैलालीका ११ स्थानमा बम फेला परेको जानकारी दिए। उनका अनुसार फेला परेको सबै बम नेपाली सेनाले निष्क्रिय पारिसकेको छ।

प्रहरी उपरीक्षक राठौरले जिल्लाभरका मतदात केन्द्रमा मतदान जारी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .