ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य

सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १८:१०, कञ्चनपुर

संघीयता आएपछिको सुदूरपश्चिम प्रदेशसभाको पहिलो कार्यकाल अन्तर्गतको बैठक शुक्रबारबाट अन्त्य भएको छ। प्रदेशसभाको १० औँ अधिवेशन शुक्रबार अर्थात आजबाट अन्त्य भएको हो।

१० औँ अधिवेशन अन्त्य भएसँगै अब नयाँ प्रदेशसभा सदस्य निर्वाचित भएपछि ११ औँ अधिवेशन सञ्चालन हुनेछ। 

शुक्रबार अन्तिम दिन प्रदेशसभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गरिएको छ।

प्रदेशसभाले आफ्नो पहिलो कार्यकालमा ६७ वटा कानून निर्माण गरेको जनाएको छ। सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाको प्रमुख उपलब्धि नै कानुन निर्माण रहेको बताए। 

‘सबैभन्दा पहिले हामीले प्रदेशसभा सचिवालय र प्रदेशसभा बस्नका लागि हलको व्यवस्थापन गर्नुपर्ने थियो, जिल्ला समन्वय समिति कैलालीको हलमा प्रदेशसभा बैठक सञ्चालन गर्ने भयौँ त्यो ब्यवस्थापन सँगै सचिवालय व्यवस्थापन पहिलो प्राथमिकता रह्यो,’ उनले भने, ‘त्यसपछि विषयगत समितिका सचिवालय व्यवस्थापन, सवारी साधन लगायतको व्यवस्थापनमा हामीले जोड दियौँ।’ 

सबैसँगको सल्लाहले प्रदेशसभामा आएका विधेयक कुनैबाहेक धेरैजसो सर्वसम्मत तरिकाले पास भएको उनले बताए।

‘प्रदेश सरकारले ल्याएको बजेट पारित गर्न सक्यौँ। कार्यान्वयनको पाटो प्रदेश सरकारको काम हो,’ उनले भने, ‘अहिले हामीले ६७ विधेयक बनाएर पारित गरेका छौँ, प्रदेशसभाको बैठक प्रत्यक्ष जनताले हेर्ने व्यवस्था मिलाएका छौँ।’

उनले राजधानी पनि देशभरीमै पहिलो आफूहरूले तोकेको उल्लेख गर्दै कार्यान्वयनको पाटो सरकारले गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .