कतार विश्वकपमा अन्तर्गत समूह एच को खेलको पहिलो हाफमा पोर्चगललाई घानाले गोलरहित बराबरीमा रोकेको छ।
दोहास्थित स्टेडियम ९७४ मा खेलको पहिलो हाफमा घाना र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्।
खेलको पहिलो हाफमा पोर्चगलले ६९ प्रतिशत बल पोजेसन बनाएपनि घानाको डिफेन्स लाइन तोड्न कठिन भएको थियो। पहिलो हाफमा घानाले उत्कृष्ट प्रर्दशन गर्दै पोर्चगलका स्ट्राइकरलाई खुलेर खेल्न दिएनन्।
खेलको १० औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार घानाका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। खेलको १३ औँ मिनेटमा रोनाल्डोको दोस्रो प्रहारले पनि गोलपोष्टको दिसा लिन सकेन।
36
Shares
प्रतिक्रिया