ad ad

खेल


हंगेरीविरुद्धको खेलमा रोनाल्डोले तोडेका ६ रेकर्ड

हंगेरीविरुद्धको खेलमा रोनाल्डोले तोडेका ६ रेकर्ड

नेपालखबर
असार २, २०७८ बुधबार १२:१३,

युरोकपमा सोमबार राति हंगेरीविरुद्ध दुई गोल गर्दै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १०६ पुर्याए।

अब रोनाल्डो हालसम्मकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता इरानी स्ट्राइकर अली दाईभन्दा तीन गोलले मात्रै पछि छन्।

हंगेरीविरुद्धको खेलमा रोनाल्डोले आफ्नो शानदार खेलमात्रै प्रस्तुत गरेनन्, ६ रेकर्ड समेत तोडेका छन्।

१) पाँच युरोकप
रोनाल्डोले युरोकपको यात्रा २००४ मा सुरु भएको थियो। घरेलु मैदानमा उनले ग्रिसविरुद्ध युरोकपमा डेब्यु गरेका थिए। त्यस संस्करणको फाइनलमा ग्रिससँग पोर्चुगल १–० ले पराजित भएसँगै रोनाल्डो पहिलो युरोकप उपाधिबाट चुकेका थिए।

१७ वर्षपछि पोर्चुगलको नेतृत्व गर्दै रोनाल्डो यसपटक पाँचौँ युरोकप खेल्दै छन्। जुन उपलब्धि हालसम्म कुनै खेलाडीले हात पार्नसकेको छैन।

२) मुख्य प्रतियोगितामा गोल गर्ने बूढो खेलाडी

Euro 2020: Cristiano Ronaldo makes football history in 'insane' moment
जब हंगेरीविरुद्ध रोनाल्डोले पेनाल्टी गोल गरेका थिए, त्यसबेला उनी पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बने। त्यसबेला उनी ३६ वर्ष १३० दिनका थिए।

यसअघि यो कीर्तिमान पेपेका नाममा थियो। पेपे २०१८ को फिफा विश्वकपमा ३५ वर्ष १२४ दिनका दिन गोल गर्दै पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा पाको उमेरको खेलाडी बनेका थिए।

यो पनि: यी दिन हुनेछ प्रिमियर लिगमा शीर्ष चार टोलीबीच एकअर्कासँग भिडन्त

३) पाँच युरोकपमा गोल गर्ने खेलाडी
रोनाल्डोले आफूले खेलेका हरेक युरोकपमा गोल गरेका छन्। २००४ को डेब्यु सिजनमा उनले ग्रिसविरुद्ध २–१ ले पराजित हुँदा पहिलो गोल गरेका थिए। मंगलबार राति १२ यार्ड टाढा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पाँचवटै युरोकपमा गोल गर्ने खेलाडीको कीर्तिमान राखे।

रोनाल्डोले २००४ को संस्करणमा २ गोल गरेका थिए। त्यसैगरी २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए। 

४) युरोकपमा दोहोरो गोल गर्ने पाको खेलाडी
जब रोनाल्डोले हंगेरीविरुद्ध इन्जुरी समयमा दोस्रो गोल गरे त्यसले अर्को रेकर्ड तोड्यो। युरोपियन च्याम्पियन्ससिपमा उनी दुई गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका थिए।

यसअघि यो रेकर्ड युक्रेनियन लिजेन्ड एन्ड्रेय स्काभेन्कोको नाममा थियो। उनले ३५ वर्ष २५६ दिनको उमेरमा २०१२ को युरोकपमा दोहोरो गोल गरेका थिए।

यो पनि: यी हुन् नयाँ सिजनमा प्रिमियर लिगका ठूला डर्बी भिडन्त 

५) युरोकपका सर्वाधिक गोलकर्ता

Cristiano Ronaldo goal video: Portugal star becomes top Euros scorer -  Ahzabnews
हंगेरीविरुद्धको दुई गोलसँगै रोनाल्डो अलि दाईको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको नजिकमात्रै पुगेनन्, उनी युरोकपका सर्वाधिक गोलकर्ता पनि बने।

हंगेरीविरुद्ध खेल्नुअघि रोनाल्डो र फ्रान्सका लिजेन्ड माइकल प्लाटिनी सर्वाधिक गोलकर्ता थिए। दुवैको समान ९–९ गोल थियो।

तर हंगेरीविरुद्ध दुई गोल गर्दै रोनाल्डोले प्लाटिनीलाई समेत उछिने। उनी ११ गोलसहित युरोकपको सर्वाधिक गोलकर्ता बनेका छन्।

६) युरोकपमा सर्वाधिक जित
पोर्चुगललाई हंगेरीविरुद्ध ३–० को जित दिलाउँदै रोनाल्डोले व्यक्तिगत रुपमा समेत सफलता हासिल गरे।

हंगेरीविरुद्धको जितसहित उनले युरोकपका १२ खेलमा जित हात पारे। जसले युरोमा उनलाई सर्वाधिक जित हात पार्ने खेलाडी समेत बनाइदियो।

यसअघि यो कीर्तिमान रोनाल्डोसँगै स्पेनिस मेइस्ट्रोस सेज फ्राब्रगास र आन्द्रेस इनिएस्टाको नाममा थियो। तीन जनाले युरोकपको ११–११ खेलमा जित हात पारेका थिए।

यो पनि: प्रिमियर लिग खेल तालिका: सिटीले पहिलो खेलमा टोटनहमको सामना गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .