ad ad

खेल


यी दिन हुनेछ प्रिमियर लिगमा शीर्ष चार टोलीबीच एकअर्कासँग भिडन्त

यी दिन हुनेछ प्रिमियर लिगमा शीर्ष चार टोलीबीच एकअर्कासँग भिडन्त

नेपालखबर
असार २, २०७८ बुधबार १०:२३,

इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार खेल तालिका सार्वजनिक भएको छ।

सार्वजनिक खेल तालिका अनुसार साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो पहिलो खेलमा टोटनहम हट्सपरको अगष्ट १४ मा सामना गर्नेछ।

 यो सिजनको लिग १४ अगष्टमा सुरु भएर २०२२ मे २२ मा सकिनेछ।

यो पनि: प्रिमियर लिग खेल तालिका: सिटीले पहिलो खेलमा टोटनहमको सामना गर्ने

यो पनि: यी हुन् नयाँ सिजनमा प्रिमियर लिगका ठूला डर्बी भिडन्त 

सिटीले अगष्ट २८ मा आर्सनल, सेप्टेम्बर ११ मा लेस्टर सिटी, सेप्टेम्बर २५ मा चेल्सी, अक्टोम्बर २ मा लिभरपुल र नोभेम्बर ९ मा म्यानचेस्टर यूनाइटेडको सामना गर्नेछ।

यस्तै यूनाइटेडले अक्टोम्बर १६ मा लेस्टर, अक्टोम्बर २३ मा लिभरपुल, अक्टोबर ३० मा टोटनहम, नोभेम्बर ६ मा सिटी, नोभेम्बर २७ मा चेल्सी र नोभेम्बर ३० मा आर्सनलको सामना गर्नेछ।

लिभरपुलले अगष्ट २८ मा चेल्सी, अक्टोबर २ मा सिटी, अक्टोबर २३ मा यूनाइटेड, नोभेम्बर २० मा आर्सनल, नोभेम्बर ३० मा एभर्टन र डिसेम्बर २८ मा लेस्टरको सामाना गर्नेछ।

यस्तै चेल्सीले अगष्ट २१ मा आर्सनल, अगष्ट २८ मा लिभरपुल, सेप्टेम्बर १८ मा टोटनहम, सेप्टेम्बर २५ मा म्यान सिटी, नोभेम्बर २५ मा यूनाइटेड र डिसेम्बर ४ मा वेष्टह्यामको सामना गर्नेछ।

 Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .