युगान्डामा भइरहेको चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत तेस्रो स्थानका लागि तय भएको खेल वर्षाका कारण अवरुद्ध भएको छ।
वर्षातका कारण नेपाल र हङकङको खेल रद्द भएको हो।
वुमन्स डे कपमा नेपालसहित नामिबिया, आयोजक युगान्डा र हङकङको महिला क्रिकेट टोलीले भाग लिएका छन्।
प्रतियोगितामा नेपाल दुई जितका बाबजुद फाइनलमा पुग्न सकेन। नेपालले कुल ६ खेल खेलेकामा नामिबियासँग दुई हार, हङकङसँग १ हार र १ जित तथा युगान्डासँग १ जित र १ हार व्यहोर्यो।
कुल ६ खेलबाट नेपालले ४ अंक र हङकङले ६ अंक जोडे। प्रतियोगितामा कुल ८ अंक जोडेको युगान्ड र ६ अंकसहित नामिबिया फाइनल पुगेका हुन्। उपाधिका लागि दुवै टोली आजै भिड्दै छन्।
बाँकी दुई टोली नेपाल र हङकङले आज तेस्रो स्थानका लागि खेल्ने तय भए पनि वर्षातले अवरुद्ध भएको हो।

प्रतिक्रिया