युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा नेपाल आज हङकङसँगै भिड्दै छ।
फाइनल नपुग्ने निश्चित भइसकेको नेपालको यो अन्तिम खेल हो।
हङकङसँगको खेल पौने १ बजे सुरु हुनेछ।
यसअघिका ५ खेलमा नेपाल ४ खेलमा पराजित भएको छ। पहिलो चरचणमा हङकङसँग २ रनले पराजित भएको थियो।
युगान्डालाई पहिलो चरणमा एक विकेटले पराजित गरे पनि बाँकी सबै खेलमा नेपाल पराजित भएको छ।
यसअघि बिहीबार युगान्डासँग ४० रनले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना औपचारिक रुपपमै सकिएको हो।
108
Shares

प्रतिक्रिया