खेल


मोरङ र झापा तीनपोखरी फुटबलको सेमिफाइनलमा

मोरङ र झापा तीनपोखरी फुटबलको सेमिफाइनलमा

नेपालखबर
पुस २८, २०८१ आइतबार ५:२०, सङ्खुवासभा

मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। 

खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २-१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो। 

बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए।

शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए। खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे। दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए।

यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन्। प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन्। 

प्रतियोगिताको विजेताले ट्रफीसहित रु दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ भने सेमिफाइन पुगेका दुई टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad