ad ad

खेल


ओमानसँग नेपालको लज्जास्पद हार

ओमानसँग नेपालको लज्जास्पद हार

नेपालखबर
असोज २३, २०७६ बिहिबार १२:३२,

ओमान पेन्टागुलर टी–२० सिरिज अन्तर्गतको अन्तिम खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको छ।

नेपालले दिएको ६५ रनको लक्ष्य पछ्याएको ओमानले ११ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

उसका लागि सुरज कुमारले ३० बलमा ४२ रन बनाइ जीत दिलाएका हुन्।

पहिलो ओभरमा १ विकेट गुमाएको ओमानको इनिङ्स सुरज कुमारले उकासेका हुन्। नेपालका लागि करण केसीले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाएर जम्मा ६४ रनमात्रै जोडेको थियो। नेपालका लागि आरिफ सेखले सर्वाधिक २० रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाहोरो अंक जोड्न सकेनन्।

पहिलो ओभरमा ओपनर इशान पाण्डेलाई दुई रनमा गुमाएको नेपालले त्यसपछि दोस्रो ओभरमा कप्तान पारस खड्कालाई व्यक्तिगत ५ रनमा गुमाएको थियो। त्यसपछि तेस्रो र चौथो ओभरमा लगातार नेपालले विकेट गुमाउँदै ६४ रनमा समेटिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .