नेपाली ग्लोबल स्टार सन्दीप लामिछाने र तीव्रगतिका बलर करण केसी चम्केँपछि ओमानमा जारी पाँच देशीय टि–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ३३ रनमा समेटेको छ।
सन्दीप लामिछाने र करण केसीले समान ४–४ विकेट बाडेँपछि अल अमिरात क्रिकेट ग्राउण्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १९.३ ओभरमा सवै विकेट गुमाएर सो स्कोर बनाएको हो।
उसका म्याक्स ओडाउडले सर्वाधिक ४३ रन जोडे। सन्दीपले उनलाई रोहित पौडेलबाट क्याच गराएका थिए। यस्तै एन्टोनियस स्टालले २१ रन जोडे। करणले स्टाललाई सोमपालबाट क्याच गराएका थिए। २९ रन जोडेका कोलिन अककेरिमननलाई ललितनारायण राजवंशीले बोल्ड पारेका थिए।
यस्तै १६ रन बनाएका स्टक इडवार्डलाई करणले नै सोमपालको हातबाट क्याच गराए। त्यसबाहेक नेदरल्याण्ड्सका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
अन्तिम ओभर बलिङमा आएका करणले पहिलो बलमा छक्का ब्यहोरेपनि त्यसपछिका लगातार दुई बलमा विकेट लिएका थिए। उनले ३.३ ओभर बलिङ गर्दै १७ रनमात्रै खर्चेर ४ विकेट लिए। यस्तै सन्दीपले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए।
यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल नेदरल्याण्ड्सविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ।
ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

प्रतिक्रिया