खेल


हाजार्डको डेब्यूमा रियलको जित

हाजार्डको डेब्यूमा रियलको जित

नेपालखबर
भदौ २८, २०७६ शनिबार १३:३,

 पहिलो हाफमा रियलले ३ गोलको अग्रता लिएपनि दोस्रो हाफमा लेभान्टेले दुई गोल फर्काएको थियो। २५औं मिनेटमा बेन्जेमाले हेडरमार्फत रियललाई अग्रता दिलाएका थिए।

त्यसको पाँच मिनेटपछि हामेस रोड्रिगेजको पासमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारेका थिए। ४०औं मिनेटमा कासिमेरोले भिनिसियसको पासमा तेस्रो गोल गरे।

४९औं मिनेटमा बोर्जा मायोरालले कार्लोस क्लार्कको पासमा लेभान्टेका लागि पहिलो गोल गरेका थिए। रियल बोर्जाको पूर्व क्लब पनि हो। यस सिजन उनी ऋणमा लेभान्टे आएका हुन्। रियलविरुद्ध गोल गरेपनि बोर्जाले आफ्नो मातृक्लब भएका कारण सेलिब्रेसन भने गरेनन्।

यस्तै ७५औं मिनेटमा गोन्जालो मेलेरोले लेभान्टेका लागि दोस्रो गोल गरे। उनी पनि पूर्व रियलको बी क्लबका खेलाडी हुन्। जोसे क्याम्पानाको पासमा उनले हेडर गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि रियल ३–२ ले विजयी भयो।

अंकतालिकामा ४ खेल खेलेको रियल ८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। एट्लेटिको म्याड्रिड ३ खेलमा शतप्रतिशत जितका साथ ९ अंकसहित शीर्ष स्थानमा छ।

हाजार्डको डेब्यू
यसै खेलमार्फत इडन हाजार्डले ला लिगा फुटबलमा रियलका लागि डेब्यू गरेका छन्।

यसै समरमा चेल्सीबाट रियलसँग अनुबन्ध भएका बेल्जियमका स्टार हाजार्डले तिघ्रामा देखिएको समस्याका कारण यस सिजनको सुरुवाती तीन खेल गुमाएका थिए।

घरेलु मैदान सन्टियागो बेर्नाबेउमा जिनादिन जिदानले हाजार्डलाई खेलको ६०औं मिनेटमा डेब्यू गराएका हुन्। उनी पहिलो हाफको गोलकर्ता कासिमिरोको स्थानमा मैदान प्रवेश गरेका थिए।

चेल्सीका लागि ३५२ खेल खेल्दै १ सय १० गोल गरेका हाजार्ड १ सय मिलियन यूरोमा रियलसँग अनुबन्धित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .