खेल


एएफसी कप खेल्न मनाङ ढाका प्रस्थान

एएफसी कप खेल्न मनाङ ढाका प्रस्थान

नेपालखबर
असार २, २०७६ सोमबार ८:१०,

एएफसी कप फुटबल अन्तर्गत ढाका अबहानी लिमिटेडसँगको अवे खेल खेल्न नेपाली लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब सोमबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।

मनाङले बुधबार बंगबन्धु स्टेडियममा अबहानीसँग खेल्नेछ। यसअघि गत अप्रिलमा एन्फा कप्लेक्समा भएको होम खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो ।

समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो।

दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .