ad ad

खेल


नेमारले भनेः म पीएसजीमै बस्छु

नेमारले भनेः म पीएसजीमै बस्छु

नेपालखबर
भदौ १५, २०७६ आइतबार ९:९,

ब्राजिलिएन स्टार नेमार जुनियरले आफू पीएसजीमै बस्ने बताएका छन्।

आफू पीएसजीमै खुशी भएको नेमारले क्लबलाई बताएको मार्काले उल्लेख गरेको छ।

केही समय अगाडि नेमारले पीएसजीमा बस्न मन नलागेको बताएपछि नेमार बार्सिलोना, रियल मड्रिडजस्ता क्लबमा जाने हल्ला चलेको थियो।

बार्साले त नेमारलाई अनुबन्ध गर्न केही प्रस्तावहरु नै राखेको थियो। तर पीएसजीले प्रस्तावहरु चित्त बुझ्दो नभएको बताउँदै बार्साका प्रस्ताव अस्वीकार गरेको थियो।

नेमारले आफ्ना परिवारालई आफूले पीएसजीमै बस्ने बताइसकेको फ्रान्सेली पत्रिका एल’इक्वीपालई उदृतगर्दै मार्काले जनाएको छ।

आफू कतै अनुबन्ध हुने स्थिती नदेखनेपछि नेमारले हार खाएर पीएसजीमै बस्ने योजना बनाएको अनुमान गरिएको छ।

सोमबार रातिसम्म ट्रान्सफर विन्डो समाप्त हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .