खेल


नेपालविरुद्ध गोल गर्ने निकोः जाहोरका दोस्रो रोजाईका अर्जेन्टिनी खेलाडी

नेपालविरुद्ध गोल गर्ने निकोः जाहोरका दोस्रो रोजाईका अर्जेन्टिनी खेलाडी

नेपालखबर
भदौ ९, २०७६ सोमबार १६:४१,

टान श्री डाटो हाजी हसन युनास स्टेडियम लार्किनमा सोमबार साँझ भएको खेलमा ६ पटकको मलेसिया सुपर लिग च्याम्पियन क्लब जाहोर दारुलले नेपाली राष्ट्रिय टोलीलाई १–० ले स्तब्ध पार्यो।

यो पनि: मलेसियन क्लबसँग नेपालको राष्ट्रिय टोली पराजित 

नेपालविरुद्ध निर्णायक गोल गर्ने जाहोर दारुलका खेलाडी थिए, अर्जेन्टिनी आक्रामक मिडफिल्डर निकोलस अल्बर्ट फर्नान्डेज। उनी निको नामले चिनिने गर्छन। 

Image may contain: 1 person, playing a sport and outdoorनेपालविरुद्ध निर्णायक गोल गर्ने निकोलस अल्बर्ट फर्नान्डेज अर्जेन्टिनी खेलाडी हुन्

निको जाहोर दारुलको पहिलो नभई दोस्रो रोजाईका खेलाडी हुन्। २०१७ मा ग्रिक सुपर लिग टोली एसस्ट्रेस ट्रिपोलीबाट उनी जाहोरको दोस्रो टिमसँग अनुबन्ध भएका थिए। जसले मलेसिया प्रिमियर लिगमा सहभागिता जनाउछ।

जाहोरको दोस्रो डिभिजन क्लबबाट २० खेल खेल्दै १२ गोल गरेका निको अघिल्लो वर्ष ऋणमा जाहोरको पहिलो रोजाईको टिममा पुगेका थिए। जहाँबाट हालसम्म उनले २ खेलमात्रै खेल्न पाएका छन्।

Image may contain: 3 people, outdoorनेपालविरुद्ध जाहोरले अधिकांश आफ्ना दोस्रो रोजाईका खेलाडीहरु मैदान उतारेको थियो

सोमबार नेपालविरुद्ध दारुलले निको जस्तै अधिकांश आफ्ना दोस्रो रोजाईका खेलाडीहरु मैदान उतारेको थियो। उनीहरुले सुरुवातमै पाएको अग्रतालाई कायम राख्दै खेल टुंग्याए।

निकोले १२ वर्षको उमेरदेखि नै अर्जेन्टिनाको लुनास जिल्लाको स्थानीय क्लबबाट फुटबल खेल्न शुरु गरेका थिए। पछि उनले स्पेनका क्लबहरुमा पनि फुटबल खेले। स्पेनिस क्लब लोर्काबाट उनी २०१४ मा ग्रिकको ट्रिपोली पुगेका थिए। त्यहाँ साढे दुईवर्ष बिताएर उनी मलेसिया पुगेका हुन्।

नेपालले विश्वकपको एसिया छनोट(दोस्रो चरण)मा आगामी भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदान जाबेर अल हामेद स्टेडियममा खेल्दैछ। यस्तै नेपालको दोस्रो खेल चाइनिज तेइपेइविरुद्ध भदौ २४ गते उनीहरुकै मोनिसिपल मैदानमा छ।

यी दुबै अवे खेलको तयारीका लागि नेपालले जाहोर दारुलसँग मैत्रीपूर्ण खेल खेलेको हो।

Image may contain: 3 people, people playing sports and outdoorसुरुवाती एघार रहेका खेलाडीमा बिमल घर्तिमगरलाई नेपालको एक्लो फरवार्ड थिए

नेपाली प्रशिक्षक योहान कालिनले सुरुवाती एघारमा बिमल घर्तिमगरलाई एक्लो फरवार्डका रुपमा उतारेका थिए।

अनुभवी तथा नियमित कप्तान विराज महर्जनलाई आराम दिइएकाले मिडफिल्डमा सुजल श्रेष्ठले नेपाली टोलीको कप्तानी गरेका थिए।

यस्तै नेपालका एक नम्बर गोलकिपर किरण चेञ्जोङ जापानमा ट्रायलका लागि गएकाले खेलमा अनुपस्थित रहे। नेपाली पोस्ट विकेश कुथुले सम्हालेका थिए।Image may contain: 3 people, people smiling, people playing sportsनेपाल गोरक्षक विकेश कुथु बल पन्च गर्दै

यस्तै नेपालका अर्का अनुभवी खेलाडी मिडफिल्डर पनि इन्डोनेसियन लिगमा व्यस्त भएकाले यस खेलमा उपस्थित थिएनन्।

फिफा वरियताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन्। समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन्।

नेपाल समूह बीमा छ। नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन्। सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad