ad ad

खेल


रुटको शतक मद्दतमा इंग्ल्याण्डद्धारा वेष्ट इण्डिज पराजित

रुटको शतक मद्दतमा इंग्ल्याण्डद्धारा वेष्ट इण्डिज पराजित

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ७:१६,

जोए रुटको शतक मद्दतमा विश्वकप क्रिकेट २०१९ मा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

साउथहप्टनमा शुक्रबार राति भएको खेलमा वेष्ट इण्डिजले दिएको २ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले रुटको नटआउट १०० रनको पारीमा ३३.१ ओभरमा २ विकेट गुमाएर भेटायो।

९४ बल खेलेका रुटले ११ चौका प्रहार गरे। त्यस्तै बेन स्टोक्स १० रनमा नटआउट रहे। त्यसअघि जोनी बरिस्टोले ४५ रन जोडे। ४६ बल खेलेका उनले ७ चौका प्रहार गरे। यस्तै क्रिस वाक्सले ५४ बलमा ४० रन जोडे। उनले ४ चौका जोडे।

पहिलो विकेटका लागि बेरिस्टो र रुटबीच ९५ रनको साझेदारी भएको थियो। यस्तै दोस्रो विकेटका लागि वाक्स र रुटबीच १०४ रनको साझेदारी भएपछि इंग्ल्याण्डले जित्ने पक्का भएको थियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निकोलस पुरनको ६३ रनको अर्धशतकीय मद्दतमा ४४.४ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रनमात्रै बनाउँन सकेको थियो। ७८ बल खेलेका पुरनले ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै सिमरन हेडमेयरले ३९, क्रिस गेलले ३६ तथा आन्द्रे रसेलले २१ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन्। इंग्ल्याण्डका जेफ्रा आर्चर र मार्क उडले ३–३ विकेट लिए।

जितसँगै इंग्ल्याण्ड अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलमा ३ मा जित र एकमा हार बेहोरेको उसको ६ अंक छ। यस्तै समान ४ खेल खेलेको वेष्ट इण्डिज भने ३ अंकसहित छैटौं स्थानमा छ। उसले एक खेलमा मात्रै जित हात पार्न सकेको छ भने दुई खेल हार्नुका साथै उसको एक खेल वर्षाले विथोलिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .