सन् २०२० मा हुनुपर्ने यस प्रतियोगिता कोरोना भाइरसका कारण एकवर्ष पछाडि धकेलिएको हो।
कोरोना भाइरसको त्रास रहँदा रहँदै विश्वभर खेलकुदका महत्वपूर्ण प्रतियोगिता सुचारु भएपछि आगामी महिनाबाट टोक्यो ओलम्पिक्स २०२० पनि आयोजना हुने भएको हो।
हाल युरोकप तथा कोपा अमेरिकाजस्ता फुटबल प्रतियोगिता भइरहेको छ।
यसबीचमा यसपटक टोक्यो ओलम्पिक खेल हुने क्षेत्रहरुमा आयोजकले मदिरा विक्रीमा प्रतिबन्ध लगाएको छ।
सुरक्षालाई ध्यानमा राखेर मदिरा विक्री गर्न नदिएको आयोजकको भनाइ छ। हालै ओलम्पिक कमिटिले जापानमा बाँडिने निःशुल्क कन्डप प्रयोग नगर्न पनि खेलाडीहरुलाई चेतावनी दिएको थियो। बीबीसी

प्रतिक्रिया