युईएफए युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह डीको अन्तिम खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेल्दै अंक बाँडेका छन्।
ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा शुक्रबार भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
पहिलो हाफको ३७ औँ मिनेटमा चेक रिपब्लिकका प्याट्रिक स्चिकले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायतामा चेक रिपब्लिकले पेनाल्टी पाएको थियो। जसमा स्चिक चुकेनन्।
त्यसको १० मिनेटपछि नै क्रोएसियाले बराबरी गोल गर्दै खेलमा फर्कने संकेत गर्यो।
पहिलो हाफको ४७ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। क्रोएसियाका अंद्रेज क्रमारिचको पासमा गोल गरेका हुन्।
खेलको दोस्रो हाफमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो।
बराबरीसँगै ४ अंक जोडेको चेक रिपब्लिक समूह डीको शीर्ष स्थानमा छ। १ अंक भएको क्रोएसिया तेस्रो स्थानमा छ।
समूह चरणकै अर्को खेलमा दोस्रो स्थानमा रहेको इङल्याण्ड र पुछारको स्कटल्याण्ड मध्यराति पौने १ बजे भिड्दै छन्।
यसअघि भएको समूह ईको खेलमा स्विडेनले स्लोभाकियालाई १–० ले पराजित गर्यो।
प्रतिक्रिया