ad ad

खेल


सुपर लिग काण्डः यूइएफएले बार्सा, रियल मड्रिड र युभेन्टसलाई कारवाही गर्ने

सुपर लिग काण्डः यूइएफएले बार्सा, रियल मड्रिड र युभेन्टसलाई कारवाही गर्ने

नेपालखबर
जेठ १२, २०७८ बुधबार ५:३४,

१२ क्लब संस्थापक रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेपछि युइएफले यी तीन क्लबलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएको हो।

यसअघि विश्व फुटबल महासंघ (फिफा) र युइएफएले चेतावनी दिएपछि प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम हटस्पर, स्पेनिस क्लब एट्लेटिको मड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलानले आफ्नो नाम फिर्ता लिएका थिए।

९ क्लबले सुपर लिगमा नरहने भनेर नाम फिर्ता लिइसक्दा बार्सा, रियल मड्रिड र युभेन्टसले भने नाम फिर्ता लिएका छन्।

उनीहरुले युरोपियन सुपर लिग गर्ने सम्भावना रहेको जनाउँदै कानुनी रुपमा लड्न जोड दिइरहेका छन्।

युइएफएको अनुशासन समितिले यसबारे छानविन गरेपछि अब कारवाहीका लागि सिफारिस गर्ने भएको छ।

युइएफएको नियमअनुसार कुनैपनि टिमले समानान्तर प्रकृतिको प्रतियोगिता खेल्न पाउने छैन।

यस्तै युइएफएको स्वीकृतिविना कुनैपनि सदस्य क्लवले बाहिरको प्रतियोगिता खेल्न र स्थापना गर्न नपाउने नियममा छ। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .