ad ad

खेल


च्याम्पियन्स लिगको फाइनलमा सिटी र चेल्सी

च्याम्पियन्स लिगको फाइनलमा सिटी र चेल्सी

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ४:५६,

यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्ने भएका छन्। उनीहरूबीच यही मे २९ मा प्रतिस्पर्धा हुनेछ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई २–० ले तथा समग्रमा ३–१ ले पराजित गर्दै चेल्सीले सिटीसँगको भेट पक्का गरेको हो। सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई २–० ले तथा समग्रमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। 

सिटीले पहिलोपटक र चेल्सीले तेस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेका हुन्। चेल्सीले यसअघि सन् २०१२ मा उपाधि जितेको थियो।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीका लागि लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल गरे।

खेलको २८औं मिनेटमा जर्मन फरवार्ड वेर्नरको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। ८५औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको जित निश्चित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .