ad ad

खेल


नेपाल सुपर लिगः पोखरा र धनगढी भिड्दै, दुवैको नजर शीर्षस्थानमा

नेपाल सुपर लिगः पोखरा र धनगढी भिड्दै, दुवैको नजर शीर्षस्थानमा

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ७:४०,

नेपाल सुपर लिग (एनएसएल)मा बुधबार पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै छ। दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

आजको खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा छन्। ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा बराबरी गरेको धनगढी ७ अंकमा दोस्रो स्थानमा छ।

समान खेलबाट १ मा जित, २ खेलमा बराबरी र १ खेलमा हार भोगेको पोखरा भने ५ अंकमा दोस्रो स्थानमा छ।

लिगको चौथो चरणको खेल सकिदा ७ अंकमा विराटनगर सिटी एफसी शीर्ष स्थानमा छ।

त्यति नै अंक भएको काठमाडौं रेजर्स फुटबल क्लव तेस्रो स्थानमा छ।

बुटवल लुम्बिनी एफसी ५ अंकमा चौथो ३ अंक भएको ललितपुर सिटी एफसी छैटौं र २ अंक भएको चितवन एफसी सातौ स्थानमा छ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी छन्।

सात फ्रेन्चाइज सहरका टोली समावेश लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्। विधागततर्फका उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .