अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार सार्वजनिक गरेको वरीयताअनुसार नेपालले टी२० आई वरीयतामा एक स्थान सुधार गर्दै १३औँं स्थानमा उक्लेको हो।
नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गरेको नेपालले सिरिजकै क्रममा एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लिएको थियो।
नेपालले १९ खेलमा ३ हजार ३ सय ८८ अंकमा १ सय ८७ रेटिङ पाएको छ। सिरिजमा सहभागी नेदरल्याण्ड्स १७औँ र मलेसिया ३१औँ स्थानमा छ।
वरीयताको शीर्ष स्थानमा इङ्ल्याण्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड छ।
एक दिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा उक्लेको छ। नेपालले एक दिवसीय वरियतामा पनि एक स्थान सुधार गरेको हो। नेपालले ५ खेलमा १ सय १९ अंकका साथ २४ रेटिङ पाएको छ।
प्रतिक्रिया