खेल


टी-१० क्रिकेट : गोर्खा वारियर्स सेमिफाइनलमा

टी-१० क्रिकेट : गोर्खा वारियर्स सेमिफाइनलमा

प्रकाश न्यौपाने
बैशाख १२, २०७८ आइतबार १२:०,

गोर्खा वारियर्स भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफइनलमा प्रवेश गरेको छ।

गोर्खाले आइतबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

सिद्धार्थ रंगशालमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो। उसका लागि दिपेश कंडेलले ३७ र दिपेश दासले २० रन बनए। बलिङमा गोर्खाका कृष्ण गिरीले २, सुभाष विक, करण विक र शेषदत्त थारुले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको गोर्खाले ९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ८५ रन बनाउँदै जित निकाल्यो। उसको जितमा महेश रानाले २८, सुभाष विक र अमित तामाङले नटआउट क्रमशः २६ र १५ रन जोडे। बलिङमा आरआरका अविनाश बश्यालले २ तथा दिवान पुनले १ विकेट लिए। सुभाष विक म्यान अफ द म्याच भए।

सोमबार तिलोत्तमा क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन्। प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad