ad ad

खेल


च्याम्पियन्स लिगः सेमिफाइनल पुगेका मड्रिड, चेल्सी र सिटीलाई लिगबाट हटाइने

च्याम्पियन्स लिगः सेमिफाइनल पुगेका मड्रिड, चेल्सी र सिटीलाई लिगबाट हटाइने

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ५:३६,

युरोपियन सुपर लिगको विवाद बढेपछि यूइएफएको कार्यकारी कमिटीका सदस्य जेस्पर मोलरले रियल मड्रिड, चेल्सी र म्यानचेस्टर सिटीले ईएसएल खेल गराउने मनसाय त्याग नगरे उनीहरुले यसपटकको च्याम्पियन्स लिग खेल्न पाउने र पीएसजी स्वतः विजेता घोषित हुने बताए।

हालै फुटुबल क्लब रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहितका १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग ईएसएल हुने घोषणा भएको थियो।

ईएसएलका प्रमुखको रुपमा रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेज चयन भएका छन्। उनले यो लिगले फुटबल क्षेत्रलाई थप विकास गर्दै व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने बताएका छन्।

यद्यपी यो खेल यूइएफएको च्याम्पियन्स लिगलाई टक्कर दिन ल्याइएको भन्दै आलोचना भएका छन्। विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ईएसएल समानान्ततर खेल भएको बताउँदै यसलाई मान्यता नदिने र यस खेलमा आवद्ध खेलाडीले विश्वकप नै खेल्न नपाउने चेतावनी दिएको छ।

यसबीचमा यूइएफएले ईएसएलका संस्थापन क्लबहरुलाई च्याम्पियन्स लिगबाट हटाउने चेतावनी दिएको हो।

जेस्पर मोलरका अनुसार ईएसएलमा आवद्ध आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि युरोपा लिग खेल्न पाउने छैनन्। मार्का

यो पनिः १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग आयोजना हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .