ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई सजिलै पराजित गरेको छ।
आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–१ को फराकिलो अन्तरले हराएको हो।
टोटनह्यामको जितमा बेल र केनले समान दुई गोल गरे। प्यालेसका बेनटेकले एक गोल फर्काए। बेनले दुवै गोल केनको पासमा गरेका थिए।
खेलको २५औं मिनेटमा केनको पासमा बेलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४९औं मिनेटमा पनि केनकै सहयोगमा बेलले गोल गर्दै अग्रता दोब्बर पारे।
पहिलो हाफको अतिरिक्त समयमा क्रिस्टल प्यालेसले एक गोल फर्कायो। खेलको ५२ र ७६औं मिनेटमा केनले गोल गर्दै टोलीको जित निश्चित गरे।
जितसँगै टोटनह्याम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। टोटनह्यामले २७ खेलबाट ४५ अंक बनाएको छ।
गएराति भएको अर्को खेलमा लिभरपुल फुल्हामसँग १–० गोल अन्तरले पराजित भयो। घरेलु मैदानमा पराजित लिभरपुल अंक तालिकाको आठौं स्थानमा झरेको छ।
म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ। गएरातिकै अर्को खेलमा वेस्ट ब्रुम र न्युक्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
Shares

प्रतिक्रिया