ad ad

खेल


गौरिका र मण्डेकाजी बने एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी, कसले कुन विधामा पाए अवार्ड? (सूची)

गौरिका र मण्डेकाजी बने एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी, कसले कुन विधामा पाए अवार्ड? (सूची)

नेपालखबर
फागुन ९, २०७७ आइतबार ५:३४,

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक विजेता गौरिका सिंह र दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे।

सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए। आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे।

यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन्। सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए)ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो। उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो। सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडी हुन्।

मध्यपुर थिमीको दुई पोखरीमा शनिबार आयोजना भएको अवार्डमा सम्मनित खेलाडीले एनएनआईपीए र सम्बन्धित संघले संयुक्त रुपमा १० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिँदै आएको छ।

gaurika and monday kkaji2

को को सम्मानित?
करातेका वरिष्ठ प्रशिक्षक अकबर शाह गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भए। सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए। सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रशिक्षकबाट अवकाश पाएको ३ वर्ष भए पनि उनी नियमित रुपमा लैनचोर डोजोमा प्रशिक्षण दिँदै आएका छन्। एनएनआईपीए पत्रकारिता सम्मानबाट अन्नपूर्ण पोष्टका समाचार सम्पादक रोशनसिंह राउत सम्मानित भए। झण्डै ३ दशकदेखि पत्रकारितामा आबद्ध राउत दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय छन्।

एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी)
मण्डेकाजी श्रेष्ठ (कराते)
सुजल श्रेष्ठ (फुटबल)
पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)
कल्पना परियार (सुटिङ)
कुलबहादुर थापा (भलिबल)
विकास थापा भारोत्तोलन (भारोत्तोलन)
प्रदीप खड्का (लन टेनिस)
रविना थापा (फेन्सिङ)
कल्पना ओली (ह्यान्डबल)
विपना ब्लोन (स्क्वास)
मिनु गुरुङ (बक्सिङ)
श्याम बुढाथोकी (खो खो)
रत्नजित तामाङ (ब्याडमिन्टन)
सोनी तामाङ (ट्राइथोलन)
अन्जली चन्द (क्रिकेट)
आयशा शाक्य (तेक्वान्दो)
सुवास तामाङ (गल्फ)
देविका खड्का (जुडो)
सनातन मल्ल (आर्चरी)
जुनी राई (उसु)
अनुशा मल्ल (बास्केटबल)
संगीता धामी (कुस्ती)
मेनुकाकुमारी राजभण्डारी (कबड्डी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
बुद्धिबहादुर तामाङ (साइक्लिङ)

सर्वोत्कृष्ट खेलाडी

गौरिका सिंह (पौडी)
मन्डेकाजी श्रेष्ठ (कराते)

प्रतिभावान खेलाडी

आयशा शाक्य (तेक्वान्दो)
सुजल श्रेष्ठ (फुटबल)

उदीयमान खेलाडी

सुवास तामाङ (गल्फ)
संगीता धामी (कुस्ती)

पारा एथ्लेट

केशव थापा (टेबल टेनिस)

गजराज आदर्श खेल व्यक्तित्व

अकवर शाह (कराते)

एनएनआईपीए पत्रकारिता सम्मान

रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .