ad ad

खेल


‘गोल मेसिन’ साम्बा एक वर्ष मैदानबाहिरै रहने

‘गोल मेसिन’ साम्बा एक वर्ष मैदानबाहिरै रहने

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ७:३०,

राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा एक वर्ष मैदानबाहिर रहने भएकी छिन्।

सोमबार नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएपछि साम्बा एक वर्ष खेलबाट वञ्चित हुने भएकी हुन्।

राष्ट्रिय महिला लिगअन्तर्गत हिजो भएको खेलको ६९औँ मिनेटमा ल्यान्डिङको क्रममा सन्तुलन नमिल्दा उनी लडेकी थिइन्।

घाइते भएपछि मैदान छाडेकी उनले फिजियो नविना श्रेष्ठसँग उपचारको परामर्श लिइरहेकी छिन्। फिजियो श्रेष्ठका अनुसार उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) गएकोले लामो समय मैदानबाहिरै रहनेछिन्। साथै उनको शल्यक्रिया गर्नुपर्ने भएको छ।

महिला लिगको ११औँ चरण सुरु हुँदा एपीएफलाई साम्बाको अभाव खट्किने भए पनि क्लब ३० अंकसहित शीर्षस्थानमा छ। अब हुने विराटनगर महानगरसँगको खेल जिते १ खेलअगावै एपीएफले लिग उपाधि जित्नेछ।

यसअघि हिजो भएको खेलमा एपीएफले जारी लिगमा पहिलो गोल खाएको थियो। पुलिसविरुद्ध संघर्षपूर्ण जित निकालेको एपीएफले अंक दूरी अझै बढाएको थियो।

जारी लिगमा साम्बाले ४३ गोल गरिसकेकी छिन्। उनको नाममा ३८ अन्तर्राष्ट्रिय गोलसमेत छ। यो नेपाली महिला फुटबल खेलाडीको अहिलेसम्मको उच्च गोल संख्या हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .