बंगलादेशको ढाकामा साफले बिहिबार सार्वजनिक गरेको 'ड्र' मा नेपालले पहिलो प्रतिद्वन्दीका रुपमा पाकिस्तान पाएको हो। पाकिस्तानसँग नेपालको खेल असोज ३ गते हुनेछ।
समूह 'ए' मा रहेको नेपालले दोस्रो खेल असोज ५ मा माल्दिभ्स र अन्तिम खेल असोज ७ मा भुटानसँग खेल्नेछ। आयोजक नेपाल साविकको विजेता समेत हो।
यस्तै समूह 'बी' मा भारत, श्रीलंका र बंगलादेश रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।
सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा आयोजना हुने तेस्रो संस्करणका लागि नेपालले यसैहप्ताबाट तयारी सुरु गरेको छ।
चेतनारायण श्रेष्ठको मुख्य प्रशिक्षकत्वमा रहेको नेपाली प्रारम्भिक टोली यस्तो छ:
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट, सुर्य अधिकारी
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन, राजु पण्डित, विशाल राई
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, सन्जिब लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा,
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लाेस वखरीया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिष डाँगी
प्रतिक्रिया