त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले करिअरकै पहिलो शतक प्रहार गरेका छन्।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा भण्डारीले आफ्नो पहिलो शतक हानेका हुन्।
भण्डारीले ७३ बलमा ९ चौका र ४ छक्का मद्दतमा शतक प्रहार गरेका हुन्।
भण्डारीले ४६ बलको सामना गर्दा १ छक्का र ५ चौका मद्दतमा अर्धशतक पूरा गरेका थिए। भण्डारीले राजेश पुलामीसँग ७७ रनको साझेदारी गर्दै कपका लागि पहिलो अर्धशतक हानेका थिए।
प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच खेल भएको हो।

प्रतिक्रिया