काठमाडौंको घट्टेकुलो, डिल्लीबजारमा रहेको सूर्योदय स्कुलले माघ १ देखि ३ गतेसम्म उपत्यकाव्यापी बास्केट बल प्रतियोगिता गर्ने भएको छ।
स्कुलले कोभिडको तनावबाट विद्यार्थीलाई मुक्त गराउने उद्देश्यले उपत्यकाव्यापी ३ह३ बास्केटबल प्रतियोगिता गर्नलागेको जानकारी दिएको छ।
प्रतियोगितामा ३८ भन्दा बढी विद्यालयको सहभागिता निश्चित भएको स्कुलले जनाएको छ। खेल लिगकम नकआउट आधारमा खेलाइनेछ। प्रतियोगितामा पुरुषतर्फ ३२ टिम छ भने महिलातर्फ १६ टिम रहेको छ।
प्रतियोगितामा प्रथम हुने पुरुष टिमले नगद २० हजार, महिला टिमले १५ हजार पुरस्कार पाउनेछन्। त्यस्तै दोस्रो हुने पुरुष टिमले २० हजार, महिला टिमले ८ हजार पाउनेछन्। तेस्रो हुने पुरुष टिमले ५ हजार, महिला टिमले ४ हजार र मस्ट भ्याल्युड प्लेयर दुवै टोलीकाले २ हजार र हाइएस्ट स्कोररतर्फ पनि दुवैले समान २ हजार पाउनेछन्।
प्रतियोगिताको टाइटल स्पोन्सरमा पीएचसीए र कोस्पोन्सरमा स्मार्ट बिल्डर्स प्रालि, मिडपोइन्ट एजुकेसन कल्सल्टेन्सी, लास्ट ब्रेक स्नुकर, गृह एजुकेसनल कन्सल्टेन्सी, नेबिको प्रालि रहेका छन्।
प्रतियोगिताको कुल लागत ३ लाख १२ हजार रहेको छ। प्रतियाेगितामा ८ देखि ११ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाउने बताइएकाे छ।

प्रतिक्रिया