विनिपेग हक्सबाट पहिलो खेल खेलेका सोमपालको डेब्यू भने सुखद भएन्। एडमोन्टन रोयल्सविरुद्व ब्याटिङ र बलिङको अवसर पाएपनि उनीले आफ्नो प्रभाव छाड्न सकेनन्।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ५ बल खेल्दै १ रनमात्र बनाउन सके भने दुई ओभर बलिङ गर्दै ३३ रन खर्चिएर बिना कुनै विकेट महँगा भए।
सोमपालको टोली हक्सपनि ८ विकेटले पराजित हुन पुग्यो। हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर बनाएको १ सय ९५ रन रोयल्सले १४ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टाएको थियो।
अंशुमन रथले नटआउट ८७ रनको पारी खेल्दै रोयल्सलाई जित दिलाएका थिए। हक्सका भने साइमन अनवरले ६२ रन जोडेपनि त्यो जितका लागि प्रर्याप्त भएन्।
सोमपाललाई यसै सिजनका लागि हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। हारपछि ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।
प्रतिक्रिया