खेल


आईपीएलमा २० हजार कोरोना परीक्षण गर्न बीसीसीआईले छुट्यायो १० करोड भारु

आईपीएलमा २० हजार कोरोना परीक्षण गर्न बीसीसीआईले छुट्यायो १० करोड भारु

नेपालखबर
भदौ १७, २०७७ बुधबार ७:३०,

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्दा हुने करिब २० हजार कोरोना परीक्षणका लागि १० करोड भारतीय रुपैयाँ लाग्ने बजेट पेश गरेको छ।

आईपीएलका लागि यूएई जानुअघि गरिएको कोरोना परीक्षणको खर्च सहभागी ८ क्लब स्वयंले व्यहोरेका थिए। यूएई पुगेपछि गत २० अगष्टबाट सुरु भएको आरडीटी र पीसीआर परीक्षणको खर्च बीसीसीआईले उठाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीसीसीआईले युएईमा कोरोना परीक्षण गर्न बीपीएस हेल्थकेयरलाई जिम्मा दिएको छ। आईपीएलका एक वरिष्ठ अधिकारीले आफ्नो नाम नलिने शर्तमा भने, ‘मैले एकीनका साथ त भन्न सक्दिन तर २० हजारभन्दा धेरै परीक्षण हुनेछ जसमा जो कोही सहभागी हुन सक्नेछन्। प्रत्येक परीक्षणका लागि बीसीसीआईको लागत करिब २ सय दिराम हुनेछ।

उनका अनुसार बीसीसीआईले कोरोना परीक्षण गर्न १० करोड रुपैयाँ खर्च गरिरहेको छ।

यसमा लगभग ७५ स्वास्थ्य कर्मचारी आईपीएलको कोरोना परीक्षणको एक हिस्सा हुनेछन्। ‘हामी कुनै पनि जोखिम लिन चाहन्नौ। कम्पनीले एउटा होटललाई परीक्षण स्थल बनाएको छ। जहाँ ५० जना स्वास्थ्य हेर्ने कर्मचारी छन्। अन्य प्रयोगशाला र डकुमेन्ट कार्यका लागि ३५ जना लागिरहेका छन्।

होटल र त्यहाँ बनाइएको प्रयोगशालाको खर्च भने बीसीसीआईले भुक्तान गर्नेछैन। यो सबै कम्पनीले नै व्यहोर्नेछ।

आईपीएलमा सहभागी हुने खेलाडी र सहायक कर्मचारीको २० अगष्टदेखि २८ सम्म १९ सय ८८ जनाको कोरोना परीक्षण गरिसकिएको छ। आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .