ad ad

खेल


कोरोनाको चपेटामा सहासिक खेल

कोरोनाको चपेटामा सहासिक खेल

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ११:२८,

सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ। मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्व भर चिनाएको छ। आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यति वेला कोरोनाको चपेटामा परेका छन्।

जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ। म्याराथन, बन्जीजम्प, प्याराग्लाइडिङ जस्ता सहासिक खेल अहिले कोरोना कारण रोकिँदा यी व्यवसायलाई रोजी रोटी खोसिए झै भएको छ। ती मध्येको हावामा चरा जस्तै भएर उड्दै अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ। तर यो व्यवसाय कोरोनाका कारण ठप्प छ। पोखरामा १४ वर्षदेखी प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले कोरोनाले पेशा नै संकटमा परेको बताए।

बाँनियाले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा सवारीसाधन लिएका थिए। यस्तै, केही होटलसँग समेत सहकार्य गरेका थिए। तर अहिले सवारी साधनको किस्ता बुझाउन समस्या त भएको छ नै होटलसँगको सहकार्य पनि पातलिएको छ। यसबाहेक व्यवसाय सञ्चालनका लागि लिएको घर भाडा तिर्न पनि समस्या भएको गुनासो बानियाँले गरे।

नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन्। तर अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङ जस्ता अन्य सहासिक खेल कोरोनका कारण आयोजना हुन सकेका छैनन्। विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे। अनि नेपालको सन्देश विश्वभर फैलिन्थ्यो। तर अहिले समय ठीक उल्टो भएको छ। प्रतियोगिता हुन सकेका छैनन्।

नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नु पर्ने कतिपय सरोकावालाले बताउँदै आएका छन्। विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदहरण छन्। त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो की?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .