खेल


एन्फालाई सर्वोच्चको कारण देखाउ आदेश

एन्फालाई सर्वोच्चको कारण देखाउ आदेश

नेपालखबर
असार २८, २०७७ आइतबार १०:५४,

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ता सुजित केसीले दायर गरेको अवहेलनाको मुद्दामा सर्वोच्चले यही असार २५ गते कारण देखाउ आदेश दिएको हो।

सर्वोच्चले रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरेको भन्दै रोक्न आदेश दिएको थियो। तर एन्फाले एकेडेमी बारेमा अरु निर्णय गरेपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता सुजित केसीले सोमबार मुद्दा दायर गरेका थिए।

न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारण लिखित रुपमा १५ दिनभित्र पेश गर्न एन्फालाई आदेशमा भनेको छ।

सुजित केसी, सागर बहादुर केसी र राजेन्द्र अधिकारीले गरेको बहसपछि न्यायाधीश शर्माले के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन हुन नपर्ने हो? आधार र कारण भए सो समेत पेश गर्न एन्फालाइ आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad