स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दूरी १ अंकले कम गरेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० को गोल अन्तरले पाखा लगाउँदै अंक दूरी खुम्च्याएको हो। ३६ खेलबाट बार्सिलोनाले ७९ अंक जोडेको छ।
एक खेल कम खेलेको रियलले ८० अंक बनाएको छ।
बार्सिलोनाको जितमा आर्टुरो भिडालले निर्णायक गोल गरे। पहिलो हाफको १५औं मिनेटमा लियोनल मेस्सीको पासमा उनले गोल गरेका थिए।
गएराति नै भएको खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–१ ले पराजित गर्यो। अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल बेस्टिसलाई १–० ले हराएको हो।
प्रतिक्रिया