भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको छ।
नेपाली टोली आइतबार श्रीलंकन एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको हो। विश्वकप अघि नेपाली टोलीले श्रीलंका र भारतमा तयारी गर्नेछ।
नेपाली टोलीले भारत र श्रीलंकाका स्थानीय टोलीसँग अभ्यास गर्नेछ। नेपाली टोलीले सोमबारदेखि नै श्रीलंकामा अभ्यास सुरु गर्नेछ।
टोलीले पहिलो चरणमा श्रीलंकाको ‘ए’ टोली र स्थानीय टोलीसँग अभ्यास खेल्नेछ। नेपालले जनवरी १९,२१ र २३ मा अभ्यास गर्नेछ।
जनवरी २०,२२ र २४ मा अभ्यास खेल खेल्नेछ। दोस्रो चरणमा भारतमा प्रशिक्षण र अभ्यास खेल खेल्नेछ।
टोलीले मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ।
नेपाली टोलीले जनवरी २७ र २८ मा अभ्यास गर्नेछ। जनवरी २९ र ३१ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ।
Shares

प्रतिक्रिया