खेल


पोखराविरुद्ध काठमाडौँको मध्यम सुरुवात

पोखराविरुद्ध काठमाडौँको मध्यम सुरुवात

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १२:४७, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिडिरहेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गरिरहेको छ। १० औँ ओभरको २ बल बाँकी रहँदा काठमाडौँले ३ विकेटको क्षतिमा मात्रै ५४ रन बनाएको छ। 

काठमाडौँको यो लिगचरणको अन्तिम खेल हो। पोखरा छैठौँ खेल खेल्दैछ। आजको खेल जिते काठमाडौँको प्लेअफ सुनिश्चित हुनेछ। पोखराले जिते दुवै टोलीको संभावना कायम रहनेछ। 

काठमाडौँका लागि आकाश त्रिपाठी पहिलो बलमै आउट भए। रशिद खानले १२ बलमा ७ रन बनाउँदा मिलिन्द कुमार १४ बलमा १३ रन बनाएर आउट भए। पोखराका धनन्जय लक्शानले २ विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पारे।




 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad