खेल


एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्दै

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्दै

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ६:४९, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ।

यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्।

समूह चरणको खेलमा  नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो।
 

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको  छ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै  टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन्। 

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ। 

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad