खेल


एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ

एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ

पक्राउ परेका ८ जना भारतीय नागरिक।


नेपालखबर
मंसिर ७, २०८२ आइतबार १६:५३, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। 

पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी र २८ वर्षका सेख चन्द बसल रहेका छन्। उनीहरू सामाखुसी बस्दै आएको खुलेको छ। 

उनीहरूले अनलाइन बेटिङसाइडबाट सट्टाबाजी गर्ने गरेको प्रहरीको दाबी छ। उनीहरूलाई काठमाडौँको बल्खुबाट पक्राउ गरेको एसपी आचार्यले बताए। उनीहरूको साथबाट प्रहरीले १५ थान मोवाइल पनि बरामद गरेको छ। थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर भद्रकाली पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad