ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्।
बिहीबार निरीक्षणमा पुगेका उनले प्याराफिटको काम लगभग सकिएको र फ्लडलाइट एक महिनाभित्र जोडिसक्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको जानकारी दिए।
‘पहिलो चरणको काम करिब करिब अन्तिम चरणमा पुुगेको छ, ६ वटा फ्लडलाइट राख्ने काम एक महिनाभित्र उहाँहरुले राख्छौँ भन्ने प्रतिबद्धता गर्नुभएको छ,’ घिसिङले भने, ‘र, यो प्याराफिटको काम सकियो भन्ने उहाँहरुको कुरा छ। हप्ता दिनमा हस्तान्तरण गर्छौँ भन्ने कन्ट्रयाक्टरको कुरा सुनियो।’
एनपीएल अगाडि नै सबै काम सम्पन्न हुने र १० हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न पाउने विश्वास उनले व्यक्त गरे। दोस्रो चरणको काम पनि छिटै अगाडि बढाइने घिसिङले बताए।
Shares

प्रतिक्रिया