खेल


प्रधानमन्त्रीले दिए एमएफएनका विजेता रविन्द्र ढाँटलाई वधाई

सरकारले प्रोत्साहनस्वरुप ५ लाख रुपैयाँ दिने
प्रधानमन्त्रीले दिए एमएफएनका विजेता रविन्द्र ढाँटलाई वधाई

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार ७:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जनाएका छन्। 

आज बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका हुन्। 

‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषदको बैठकले  प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई!’

ढाँटले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनी एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad