बुद्ध एफसी टोरेस भेड्रास पोर्चुगलको आयोजनामा चौथो बुद्ध गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।
पोर्चुगलमा आगामी भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी तिव्र रुपमा भैरहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको उपाधि विजेताले २५ सय २५ युरो पाउनेछ। उपविजेताले १५ सय १५ युरो प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र फेयर प्ले टोलीले पुरस्कार पाउनेछन्।
267
Shares

प्रतिक्रिया