नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएको छ।
क्यानले शनिबार जारी गरेको विज्ञप्तिमा अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गरेको जनाएको छ। त्यस्तै खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ।
दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।
प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूले चाहेका खेलाडीको सूचीका आधारमा अक्सनमा सहभागी हुने अन्तिम नामावली प्रकाशन गरिनेछ।
150
Shares

प्रतिक्रिया