अखिल नेपाल फुटबल संघ (एन्फा) ले गएराति देखि सामाजिक सञ्जालमा गर्ने आफ्नो पोष्टहरूमा कमेन्ट गर्ने सेक्सन अफ गरेको छ।
सोमबार राति बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित हुँदै दोस्रो भएपछि एन्फाले फेसबुकको कमेन्ट सेक्सन अफ गरेको हो।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एन्फासँगको विवादका कारण राजिनामा दिएपछि सामाजिक सञ्जालमा एन्फा नेतृत्वको चर्को आलोचना हुँदै आएको छ।
एन्फाका पदाधिकारीको समेत राजीनामा माग गर्दै कमेन्ट आएपछि एन्फाले सो विकल्प बन्द गरेको हो।
सोमबार राति साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलपछि एन्फाले कमेन्ट सेक्सन नै अफ गर्न थालेको हो। त्यसकै निरन्तरता दिदै एन्फाले मंगलबार पनि कमेन्ट सेक्सन अफ गर्दै पोस्ट गरिरहेको छ।
Shares

प्रतिक्रिया