खेल


भुटानको पोस्टमा नेपालको ८ गोल, उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने

मीना देउवा र पूर्णिमा राईको ह्याट्रिक गोल
भुटानको पोस्टमा नेपालको ८ गोल, उपाधि जित्न बंगलादेशलाई हराउनैपर्ने

तस्बिरः एन्फा


नेपालखबर
साउन ३, २०८२ शनिबार १६:४७, काठमाडौँ

बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले ८ गोल गरेको छ। 

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको हो। 

नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए।

जारी प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।

प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। 

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।

‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। उपाधि जित्न नेपालले बंगलादेशलाई पराजित गर्नुपर्नेछ।

घरेलु टोली बंगलादेशले ३ खेलबाट अहिलेसम्म ९ अंक बटुलेको छ। 

सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad