खेल


एसीसी यू-१६ पुरुष इस्ट जोन: नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको कीर्तिमानी लक्ष्य

एसीसी यू-१६ पुरुष इस्ट जोन: नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको कीर्तिमानी लक्ष्य

नेपालखबर
असार १५, २०८२ आइतबार ११:३१, काठमाडौँ

प्रसिद्ध जैसीको शतकमा नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपमा इन्डोनेसियासामु ४ सय २१ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोलीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २० रनको योगफल तयार पारेको हो।

पहिलो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादवले ६२ बलमा १ सय ३० रनको साझेदारी गर्दै नेपालको उत्कृष्ट सुरुवात गराएका थिए। 

प्रसिद्ध जैसीले १ सय ३२ रनको सर्वाधिक योगदान दिए। उनले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दा क्याच आउट भए। 
२८ बलमा ४ चौका र ८ छक्का सहयोगमा ७१ रन बनाएका परिमर्जन यादव दसौँ ओभरको अन्तिम बलमा क्याच आउट भए। 

तेस्रो विकेटका लागि प्रसिद्ध र रौनक श्रीवास्तवले १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी योगफलतर्फ डोर्‍याएका थिए। 

रौनक श्रीवास्तव ८८ रन बनाउँदा क्याच आउट नै भए। जय थापा ५७ रन थप्दै आउट भए। शिवांश बजगाईं ४ रनमा पेभेलियन फर्के। 
सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।

इन्डोनेसियाले अब जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad